Hamro Sanchar

चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग निष्क्रिय, आजै सर्वोच्च फर्किने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, २१ गते


Advertisement

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा.भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका हुन् । जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन् ।

यससँगै जबराको निलम्बन हटेको छ । उनी अब सर्वोच्च अदालत फर्किने तयारीमा छन् । यसैबीच जबराले संसदका महासचिवबाट महाअभियोग निश्क्रिय भएको पत्र पाएको पुष्टि गर्दै आजै सर्वोच्च जाने बताए । साथै चोलेन्द्रको कार्यकाल भने धेरै बाँकी छैन । उनले आगामी २७ गते अवकाश पाउँदैछन् ।


प्रतिकृया दिनुहोस्