काठमाडौं । काठमाडौं महानगरपालीकाले सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा बागबजार क्षेत्रका व्यवसायी आन्दोलीत भएका छन् । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडक किनारमा मोटरसाइकल र गाडी पार्किङ गर्न नदिएपछि उनीहरुले आन्दोलन गरेका हु्न् ।महानगरले विकल्प नदिई सडक किनारमा पार्किङ गर्न रोक लगाउनु बेठीक भएको व्यवसायीहरुले गुनासो छ ।
सडक किनारमा पार्किङ गर्न नपाए आफूहरु व्यवसाय छाड्ने अवस्था आउने उनीहरुको भनाइ छ । आन्दोलनमा सहभागी एक व्यापारीले भने, ‘हामी घरबहाल कर तिर्छौं, व्यवासाय कर तिर्छौं, तर हाम्रो सवारी साधन कहाँ राख्ने रु’ उनीहरूले पार्किङ माग गर्दै बागबजार क्षेत्रका पसलहरुसमेत बन्द गराएका छन् ।