Hamro Sanchar

दुर्गमका ४० वटा मतदान स्थलको मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, २ गते


Advertisement

काठमाडौं । आइतबार हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दुर्गम र हिमाली क्षेत्रका ४० वटा मतदान स्थलको मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने भएको छ । मतदानपछि ४० मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमार्फत गणना स्थलसम्म ढुवानी गरिने गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले जानकारी दिएका छन् ।

शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सचिव सिंहले भने-‘४० स्थानका मतपेटिका हेलिकप्टरको प्रयोग गरेर गणना स्थलसम्म ल्याउने तयारी गरेका छौं ।’ सवारी साधन चल्ने ठाउँका मतपेटिका भाडामा लिएको गाडीमा राखेर नेपाली सेना र सशस्त्र प्रहरीले स्कर्टिङ गरेर गणना स्थलसम्म ल्याउने छन् । मतपेटिका ढुवानी गर्दा सुरक्षा निकायका सवारी सधान प्रयोग नगर्नेगरी निर्देशिका तयार गरिएको गृह सचिव सिंहले जानकारी दिएका छन् ।

‘अन्य गाडी नभएको अवस्थामा मतदान अधिकृतले लिखित आग्रह गरेपछि सुरक्षा निकायको सवारीमा ब्यालेट बक्स राख्न सकिन्छ’ सचिव सिंहले भने-‘तर, ब्यालेट बक्स राखेको सवारीमा मतदान अधिकृत मात्र बस्छन्, सुरक्षाकर्मीले स्कर्ट गर्छन् ।’ ​


प्रतिकृया दिनुहोस्