काठमाडौं । पहिलो एकदिवसीय क्रिकेटमा यूएईले नेपाललाई ८४ रनले हराएको छ । आज सोमबार त्रिवि मैदानमा यूएईले दिएको दुई सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सक्यो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ६३ रन बनायो । यूएईका लागि रोहन मुस्तफाले ५३, मुहम्मद वसीमले ४४, वृत्य अरविन्दले ४० रन बनाए । बलिङतर्फ गुलसन झाले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिए ।
नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुन लागेको हो । दोस्रो खेल पर्सि बुधवार र तेस्रो तथा अन्तिम खेल आउँदो शुक्रवार हुनेछ ।