Hamro Sanchar

काठमाडौं महानगरले भत्कायो वीर अस्पताल वरिपरिका फार्मेसी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, ६ गते


Advertisement

काठमाडौं, असोज ६- काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्रका अनधिकृत संरचना भत्काएको छ । बिहीबार महानगरले वीर अस्पताल अगाडि बनाइएका अनधिकृत संरचना डोजर लगाएर भत्काएको हो । संरचना भत्काउने विषयमा महानगरले माइकिङ गरेर जानकारी दिने र समान हटाउन अनुरोध गर्ने गरेको छ ।

बिहीबार नगर प्रहरी, स्थानीय जनप्रतिनिधिसहितको टोलीले वीर अस्पताल अगाडि रहेका अनधिकृत संरचना भत्काएको हो ।

अनधिकृत संरचनामा फार्मेसी रहेका थिए । पार्क बनाउने भनेर स्वीकृति लिएको स्थानमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्न भाडामा दिएपछि महानगरले डोजर चलाएको हो ।


प्रतिकृया दिनुहोस्