Hamro Sanchar

काठमाडौं २ मा माओवादीबाट झक्कु प्रसाद र कृष्णराज सुवेदी सिफारिस, प्रदेशमा को-को परे ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १९ गते


Advertisement

काठमाडौं, भदौ १९- नेकपा माओवादी केन्द्रले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न उम्मेदवार सिफारिश गरेको छ । शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रतिनिधिसभा तर्फ झक्कु प्रसाद सुवेदी र कृष्णराज सुवेदी सिफारिस भएका छन् ।

झक्कु प्रसाद सुवेदी २०६४ को संविधान सभाको निर्वाचनमा तत्कालीन नेकपा एमालेका महासचिव माधबकुमार नेपाललाई पराजित गर्दै सभासद् भै सकेका व्यक्ति हुन् । भने कृष्णराज बागमती प्रदेश कमिटी सदस्य तथा माओवादी केन्द्रबाट २०७४ मा शंखरापुर नगरपालिकाको मेयरको प्रत्यासी हुन् ।

त्यसैगरी संघको सामानुपातिक तर्फ बिमल ढुङ्गेल र बालचन्द्र श्रेष्ठको नाम सिफारिस गरिएको छ भने प्रदेशको समानुपातिक तर्फ सन्त बहादुर वाईबाको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी प्रदेशसभा तर्फ रामप्रसाद खनाल(बसन्त), शंकर दुलाल, लक्ष्मी प्रसाद कुइकेल, दामोदर चापागाई, अमरचन्द्र बोहोरा र देवराज चौलागाईं सिफारिस भएका छन् ।


प्रतिकृया दिनुहोस्