Hamro Sanchar

चुनावपछि प्रत्यक्ष राष्ट्रपतिका लागि आन्दोलन गर्नुपर्छ : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १२ गते


Advertisement

काठमाडौं, भदौ १२- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को चुनावपछि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्ने बताएका छन् । आइतबार माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकमा बोल्दै प्रचण्डले चुनाव अघि त्यो सम्भावना नरहेको बताए ।

चुनावपछि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्न तयार हुनसमेत प्रचण्डले निर्देशन दिएको माओवादी केन्द्रका बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीले बताए । प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान नै संशोधन गर्नुपर्छ । प्रचण्डले अहिलेकै गठबन्धनबाट निर्वाचन लड्ने समेत बताएका थिए । उनले कांग्रेससँग अविश्वास र नेकपा एकीकृत समाजवादीसँग अफ्ठ्यारो भए पनि त्यसलाई मिलाएर अघि बढ्नु पर्ने बताएका थिए ।

कांग्रेसले परिस्थिति नबुझे एमाले बाहेकको वाम गठबन्धन हुने उनको चेतावनी छ ।


प्रतिकृया दिनुहोस्