Hamro Sanchar

मन्त्री चौधरीद्वारा सामुदायिक भवनको उद्धाटन

प्रकाशित : २०७९ साउन, ३१ गते


Advertisement

प्युठान, साउन ३१- शहरी विकास मन्त्री मेटमणि चौधरीले प्युठानको स्वर्गद्वारी नगरपालिका – ५ सारीमा निर्माण भएको सामुदायिक भवनको उद्धाटन गरेका छन् ।

सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत कुल ४ करोड २६ लाख रुपियाँमा निर्माण भएको सामुदायिक भवनको शहरी बिकास मन्त्री चौधरीले मंगलवार उद्धाटन गगरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले नयां शहर बनाउने लक्षय सहित आफू अगाडि बढिरहेको उल्लेख गर्दै प्युठान जिल्लालाई सम्बृद्ध बनाउन चाहिने भौतिक पुर्वाधार निर्माणमा पहल गर्ने बताए ।

प्रसस्त पर्यटकिय संभावना बोकेको धार्मिकस्थल स्वर्गद्वारी यही रहेको भन्दै संघ प्रदेश र स्थानिय सरकार मिलेर पर्यटन तथा संस्कृतीको बिकास गर्नुपर्ने बताए ।


प्रतिकृया दिनुहोस्