आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

५७७ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, १३ गते


Advertisement

काठमाडौं, साउन १३- पछिल्लो २४ घण्टामा देशभर कोरोनाका ५७७ नयाँ संक्रमित थपिएका छन् । ४ हजार २ सय ८२ जनाको नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३९१ र एन्टीजेन विधिबाट १८६ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

यस्तो सोहि अवधिमा दुई जनाको मृत्यु भएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या ४३५६ पुगेको छ । सो अवधिमा २६९ कोरोनाको संक्रमणबाट मुक्तसमेत भएका छन् ।


प्रतिकृया दिनुहोस्