Hamro Sanchar

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू भोलि नेपाल आउँदै

एजेन्सी प्रकाशित : २०७९ साउन, ११ गते


काठमाडौं, साउन ११- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू भोली साँझ नेपाल आउने भएका छन् ।

नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसिसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए ।

नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गरेको केही समयपछि उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी नेपाल भ्रमणमा आउने सार्वजनिक भइरहँदा आज संसदीय समितिले एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण सरकारसँग माग गरेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपिपीमा नेपाल सहभागि नहुने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गरेको हो ।


प्रतिकृया दिनुहोस्