
काठमाडौं, साउन ९- पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६८ जना नयाँ संक्रमित थपिएका छन् ।
सोही अवधिमा कोरोना भाइरस संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४ जनाको पीसीआर र १ हजार ७१६ जनाको एन्टीजेन विधि गरी कुल ४ हजार ८ सयको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो ।
सोहि अवधिमा ९५ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ५३४ रहेको छ ।