Hamro Sanchar

सबै मन्त्रीलाई फिर्ता बोलाउने जसपाको निर्णय, बाबुराम भट्टराई पक्ष बेखबर

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असार, १४ गते


Advertisement

काठमाडौं, असार १४- जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने भएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको सोमबार राति बसेको बैठकले चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

मन्त्रीहरु फिर्ता बोलाएपछि नयाँ मन्त्रीहरु पठाउने जिम्मा पनि अध्यक्ष यादवलाई नै दिइएको छ ।

जसपाबाट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री रहेका छन् ।

कार्यकारिणीको बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षीय नेतालाई बोलाइएको थिएन । कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले बाबुराम भट्टराई, महेन्द्र यादवसहित केही नेताहरूलाई  कारबाही गर्ने अधिकार पनि उपेन्द्र यादवलाई दिएको छ


प्रतिकृया दिनुहोस्