Skip

Hamro Sanchar

२० उत्कृष्ट करदाताको सूची सार्वजनिक, सूर्य नेपालदेखि भाटभटेनीसम्म सम्मानित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १ गते


Advertisement

काठमाडौँ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व विभागले विभिन्न २० विधाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ।

सबैभन्दा बढी आयकर तिर्ने संस्थामा सूर्य नेपाल र व्यक्तिगततर्फ राजबहादुर शाह उत्कृष्ट बनेका छन् भने भ्याटमा हिमालयन डिस्टिलरीले बाजी मारेको छ।

त्यस्तै, बैंकिङमा नबिल बैंक, पर्यटनमा सोल्टी होटल, सूचना प्रविधिमा तिन फाइनाइट सर्भिसेस नेपाल, रेमिट्यान्समा आईएमई, स्वास्थ्य तथा शिक्षामा नोबेल कलेज तथा टिचिङ हस्पिटल र ऊर्जामा भोटेकोशी पावर सम्मानित भएका छन्।

डाबर नेपाल, सीजी इम्पेक्स, छिमेक लघुवित्त, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, वरुण बेभरेज नेपाललगायत पनि उत्कृष्ट करदाताको सूचीमा परेका छन्।

प्रतिकूल व्यावसायिक अवस्थाबीच कर योगदान गरेको भन्दै भाटभटेनी सुपरमार्केटले समेत विशेष सम्मान पाएको छ।


प्रतिकृया दिनुहोस्