२९ कार्तिक, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य घटेको छ।
सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँ र चाँदी १०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुनको मूल्य २ लाख ७१ हजार ७०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ६०० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।






















