काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० जना नेता आज चीन भ्रमणमा जाँदैछन्।
चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा टोली चीन जान लागेको हो।
भ्रमणका क्रममा नेपाल र चीनका राजनीतिक दलबीच अनुभव आदानप्रदानसँगै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र संस्थागत क्षमता अभिवृद्धिका विषयमा छलफल हुनेछ।
टोलीमा सांसद तथा पार्टीका विभिन्न तहका नेताहरू सहभागी छन्। रास्वपाले यो भ्रमणलाई दुई देशबीच राजनीतिक सम्बन्ध विस्तार र विकास सहकार्यका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ।

























