१९ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारबारे कुनै पनि कुरा लुकेर नगरिने बताएका छन्।
नेकपा ९एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे सामाजिक सञ्जालमा टिकाटिप्पणी भएपछि कांग्रेस सभापति थापाले प्रस्टीकरण दिएका हुन्।
आज भिडिओमार्फत आफ्नो भनाइ राख्दै थापाले मधेस प्रदेशको सरकारका विषयमा ओलीसँग कुराकानी गरेको बताएका छन्।
मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार रहेको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुपर्ने बाध्यता छ।
विश्वासको मतका लागि सहयोग माग्न ओलीसँगै अन्य दलका नेतासँग पनि भेटघाट गरेको थापाले उल्लेख गरेका छन्। ‘प्रचण्डलाई केहि दिन अघि भेटेँ, त्योभन्दा पहिले उपेन्द्र यादवजीलाई भेटेँ,’ थापाले भनेका छन्, ‘त्यही सन्दर्भमा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीजीलाई भेटेँ।’
उनले सरकारलाई सचेत गराउने प्रतिपक्षको जिम्मेवारी भएको बताएका छन्। सरकारबारे जे कुरा पनि खुलेरै गर्ने उनको भनाइ छ।
‘सरकारका बारेमा कुनै कुरा लुकेर गर्नुपर्ने नै छैन। जे गर्ने हो, खुला गर्ने हो,’ थापाले भनेका छन् ।

























