१८ कार्तिक, काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले छनोट समितिको सिफारिसका आधारमा थापालाई अध्यक्ष नियुक्त गरेको हो।
नवनियुक्त अध्यक्ष थापालाई बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका छन्। शपथपछि अर्थमन्त्री वाग्लेले बिमा क्षेत्रको विकास र सुधारका लागि निडर भएर काम गर्न निर्देशन दिएका छन्।

























