काठमाडौं । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक सुरु भएको छ।
केहीबेरअघि सुरु भएको बैठकमा विभिन्न पाँच राजनीतिक दलका नेताहरू सहभागी भएका छन्।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी (जसपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूको उपस्थिति रहेको छ।
कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त र प्रमुख सचेतक बासना थापा सहभागी छन्।
त्यस्तै, एमालेबाट संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट परमेश हमाल, वर्षमान पुन र युवराज दुलाल बैठकमा सहभागी भएका छन्।
यसैगरी, जसपाबाट महन्त ठाकुर र राप्रपाबाट खुश्बु ओली पनि बैठकमा उपस्थित छन्। बैठकमा विपक्षी दलहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

























