काठमाडौं । सरकारले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत कात्तिक महिनाको पहिलो पाक्षिकका १६ जना विजेता घोषणा गरेको छ
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा कात्तिक १ देखि १५ गतेसम्मका लागि १५ जना नियमित विजेता र एक जना बम्पर विजेता छनोट गरिएको हो।
कार्यक्रमअन्तर्गत बिगमार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका गौरीशंकर पण्डितले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। उनलाई क्रिकेट खेलाडी ललित राजवंशीले पुरस्कार जितेको जानकारी गराएका थिए।
त्यस्तै, अन्य १५ जना विजेताले जनही एक लाख रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने भएका छन्
























