Skip
आज : २०८३ कार्तिक १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

संसद् बैठक तत्काल बोलाउन कांग्रेसको दबाब, अदालतको सेटिङ छानबिन गर्न उच्चस्तरीय समिति माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १६ गते


Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदनको अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेको छ।

आज सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शीघ्र बोलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो।

कांग्रेस प्रमुख सचेतक बासना थापाका अनुसार बैठकले अदालतमा बिचौलियासँग मिलेर मुद्दामा सेटिङ गरिएको भनिएको प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

उक्त प्रकरणमा न्यायालय, सरकार प्रमुख र प्रहरीसमेतको नाम जोडिएकाले सरकारी निकायबाट हुने छानबिन निष्पक्ष हुनेमा आशंका रहेको कांग्रेसको भनाइ छ। त्यसैले संसद्बाटै उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग अघि सारिएको थापाले बताइन्।

बैठकमा प्रेस स्वतन्त्रताको संरक्षण, न्यायालय तथा संवैधानिक निकायहरूको स्वतन्त्रता र स्वायत्तता कायम राख्नुपर्ने विषयमा समेत छलफल भएको थियो।


प्रतिकृया दिनुहोस्