Skip
आज : २०८३ कार्तिक १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १६ गते


Advertisement

१६ कार्तिक, काठमाडौं । आज देखि सरकारी कार्यालयको दैनिक कार्यसमय १ घण्टा घटाइएको छ।

अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्।

सरकारको निर्णयअनुसार यो व्यवस्था आगामी माघ १५ गतेसम्म लागू हुनेछ। यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए।

हिउँदमा साँझ छिट्टै अँध्यारो हुने भएकाले कार्यालय समय घटाइएको हो। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार यो अवधिमा सरकारी कार्यालय सातामा पाँच दिन सञ्चालन हुनेछन्।

गत चैत २२ गतेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै गरिएको उक्त निर्णयलाई सरकारले निरन्तरता दिँदै आएको छ।


प्रतिकृया दिनुहोस्