Skip
आज : २०८३ कार्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पत्रकार पक्राउ प्रकरण र देउवा पक्षको महाधिवेशनबारे निर्णय गर्न कांग्रेस बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १४ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

महामन्त्री उदयशम्शेर राणाका अनुसार आइतबार २ बजेका लागी बोलाएको बैठकमा सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना, पार्टीको आन्तरिक कार्यविभाजन र पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्न लागेको समानान्तर महाधिवेशनबारे छलफल हुनेछ।

समाचार संकलन तथा प्रकाशनकै विषयलाई लिएर पत्रकार पक्राउ गरिएको घटनाको कांग्रेसले भर्त्सना गरिसकेको छ। बैठकबाट यस विषयमा संस्थागत निर्णय गर्ने तयारी छ।

त्यस्तै, गत असोजमा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी बाँडफाँट र देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशनका लागि अघि बढाएको मातहतका अधिवेशनबारे पनि बैठकले निर्णय गर्ने जनाइएको छ।


प्रतिकृया दिनुहोस्