१३ कार्तिक, काठमाडौं । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ स्थित सेतो पुलमा आज ट्रकको ठक्करबाट पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ।
४२ वर्षीय पोखरेल सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
रूपन्देही निवासी पोखरेल आर्थिक राष्ट्रिय दैनिकमा कार्यरत थिए।
उनका श्रीमती र दुई छोरी छन्। दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

























