काठमाडौं । सिराहाबाट ३०० ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले बिहीबार बिहान एक राउन्ड हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट ३०० ग्राम खैरो हिरोइन बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































