Skip
आज : २०८३ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसका नवनिर्वाचित पदाधिकारीले भोलि शपथ लिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ११ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम भोलि हुने भएको छ।

केन्द्रीय निर्वाचन समितिका सभापति प्रेमबहादुर खड्काका अनुसार कात्तिक १२ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा शपथग्रहण कार्यक्रम आयोजना गरिनेछ।

सबै पदाधिकारी तथा सदस्यलाई एकै चरणमा शपथ गराउने तयारी पूरा भएको उनले जानकारी दिए।

सभापतिमा निर्वाचित गगनकुमार थापाले यसअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। अब उनले अन्य नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ।


प्रतिकृया दिनुहोस्