Skip
आज : २०८३ कार्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अन्तिममा सम्हालिन सकेन विराटनगर, चितवनको रोमाञ्चक जित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १० गते


Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ।

विस्फोटक ब्याटिङका बाबजुद विराटनगर जितसम्म पुग्न सकेन। अन्तिमतिर लगातार विकेट गुमाउँदा चितवनले रोमाञ्चक जित निकाल्दै दुई अंक आफ्नो नाममा गरेको हो।

विराटनगरका ओपनर लोकेश बमले १४ बलमा २६ रन बनाउँदै टोलीलाई आक्रामक सुरुवात दिलाएका थिए। उनले चार चौका र एक छक्का प्रहार गरे। उनलाई रन्जित कुमारको बलमा विवेक यादवले क्याच आउट गराए।

वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले पनि आक्रामक ब्याटिङ गर्दै १७ बलमा ३३ रन बनाए। उनको इनिङ्समा चार छक्का र एक चौका समावेश थियो।

रसेल आउट हुँदा विराटनगरलाई जितका लागि २५ बलमा २६ रन आवश्यक थियो। तर, कमल सिंह ऐरीको बलमा देव खनालबाट क्याच आउट भएका रसेलको विकेटपछि विराटनगर दबाबमा परेको थियो।

अन्तिम समयमा विकेट गुमाउँदै गएपछि विराटनगरले जितको अवसर गुमायो र चितवनसँग ८ रनले पराजित भयो।

 


प्रतिकृया दिनुहोस्