Skip
आज : २०८३ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आईटी विज्ञ नियुक्तिका लागि आवेदन खुला, पहिलो रातमै सय नाघ्यो संख्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३१ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले ४२ जना सूचना प्रविधि (आईटी) विज्ञ नियुक्त गर्ने भएको छ।

केन्द्रका अनुसार नियुक्तिका लागि विज्ञापन खुलाएको एकै रातमा १०० भन्दा बढी आवेदन प्राप्त भएका छन्।

गोरखापत्र र केन्द्रको आधिकारिक वेबसाइटमार्फत मात्रै विज्ञापन प्रकाशित गरिएको थियो।

आवेदन दिन अझै २० दिन बाँकी रहेकाले इच्छुक तथा दक्ष आईटी जनशक्तिलाई आवेदन दिन केन्द्रले आग्रह गरेको छ।

सूचना प्रविधि क्षेत्रका जनशक्तिलाई सरकारी सेवामा आबद्ध गराउने उद्देश्यले नियुक्ति प्रक्रिया अघि बढाइएको हो।


प्रतिकृया दिनुहोस्