२८ असोज, काठमाडौं । बालेन सरकारले १०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ खर्च गर्ने भएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ।
उक्त बजेटबाट प्रत्येक विद्यालयमा करिब ६ करोड लागतमा तीनतले १२ कोठे भवन निर्माण गरिनेछ।
भवनमा कक्षाकोठासँगै प्रयोगशाला र पुस्तकालयसमेत रहनेछन्।
विद्यार्थीको चाप बढी भएका विद्यालयलाई प्राथमिकता दिँदै सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्ने सरकारको लक्ष्य छ।































