काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई लक्षित गर्दै टिप्पणी गरेका छन्।
सिंहले सामाजिक सञ्जालमार्फत आफुले कांग्रेस छाडेको स्मरण गर्दै यत्तिकै कांग्रेस छाडेर बाहिरिएको नभई पार्टीको जिम्मेवारी ‘ठग, भ्रष्टाचारी र ठेकेदार’हरूको हातमा पुगेपछि बाहिरिन बाध्य भएको दाबी गरेका छन्।
कांग्रेसले लोकतन्त्र ल्याएको पार्टी भन्दै गर्व गर्ने गरेको उल्लेख गर्दै सिंहले त्यही लोकतन्त्रका लागि संघर्ष गरेको पार्टीलाई अहिलेको अवस्थामा पुर्याउने जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरेका छन्।
उनले कांग्रेसको इतिहासको गौरव गाएर मात्र नपुग्ने भन्दै वर्तमान अवस्थाको जिम्मेवारी पनि नेतृत्वले लिन सक्नुपर्ने बताएका छन्।
लोकतन्त्र ल्याएको पार्टीको नाममा राजनीति गर्ने तर त्यही पार्टीको आधार कमजोर बनाउने अवस्था विडम्बनापूर्ण भएको उनको टिप्पणी छ।
सिंहको यो टिप्पणी कांग्रेस सभापति गगन थापाको अभिव्यक्तिको जवाफका रूपमा आएको हो।
































