काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली नदेखिने भएका छन्।
कांग्रेसले आइतबार काठमाडौंको खुलामञ्चमा आयोजना गर्न लागेको उद्घाटन कार्यक्रममा ओलीलाई विशेष अतिथिका रूपमा निमन्त्रणा गरेको थियो। तर, उनी कार्यक्रममा सहभागी नहुने भएका हुन्।
ओलीको स्थानमा नेकपा ९एमाले०का महासचिव शंकर पोखरेलले पार्टीको प्रतिनिधित्व गर्ने भएका छन्।
एमालेको प्रचार विभागले पोखरेल उद्घाटन समारोहमा सहभागी हुने जानकारी दिएको छ।































