१३ असाेज, काठमाडौं । २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष ५ हजार मिटर दौडमा नेपाली धावक मुकेशबहादुर पालले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
पालले ५ हजार मिटर दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेका हुन्।
भण्डारीले सन् २०० ४ को एथेन्स ओलम्पिकमा १४ मिनेट ०४.८९ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए। पालले भण्डारीको कीर्तिमानभन्दा १.२८ सेकेन्ड छिटो दौड पूरा गर्दै नयाँ इतिहास रचेका हुन्।































