९ असाेज, काठमाडौं । एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ।
आज भएको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य नेपालले १६ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा सन्दीप जोराले ३५ बलमा ३४ रन तथा रोहित पौडेलले ३२ बलमा ३३ रन बनाए। दीपेन्द्रसिंह ऐरीले १८ बलमा १५ रन जोडे भने गुल्सन झाले १ बलमा १ रन बनाउँदै टोलीलाई जित दिलाए।
नेपालका कुशल भुर्तेल शून्य तथा आसिफ शेख २ रनमै आउट भए। सन्दीप जोरा र कुशल मल्ल क्रमशः ३४ र ९ रन बनाएर रनआउट भए।
अफगानिस्तानका फारिदुन दावुदजाइ, अब्दुल्लाह अहमदजाइ र अरब गुलले समान एक–एक विकेट लिए। अफगानिस्तानले नेपाललाई ९ रन अतिरिक्तसमेत दिएको थियो।
































