Skip

Hamro Sanchar

आजपनि बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ४ गते


Advertisement

४ असोज, काठमाडौं । सुनको मुल्य आज पनि बढेको छ।

सुनको मूल्य आज तोलामा २ हजार १ सय रुपैयाँ बढेर ३ लाख ५ हजार २ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार तोलामा २ हजार ३ सय घटेको सुनको भाउ शुक्रबार तोलामा ३ हजार ६ सय बढेर ३ लाख ३ हजार १ सय पुगेको थियो। २ कारोबार दिनमा सुनको भाउ ५ हजार ७ सय बढेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेर ४ हजार ७ सय ९५ पुगेको छ। शुक्रबार तोलामा १ सय ५० रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ७ सय ७५ रुपैयाँ पुगेको थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

 


प्रतिकृया दिनुहोस्