Skip

Hamro Sanchar

झरना थापाले पशुपतिबाट सुरु गरिन् ‘ए मेरो हजुर ५’ को छायांकन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २ गते


Advertisement

२ असोज, काठमाडौं । फिल्म ‘ए मरो हजुर ५’ को नियमित छायांकन पशुपतिबाट सुरु भएको छ ।

२५ दिनको सेड्युलसहित आजदेखि फिल्मको छायांकन सुरु गरिएको अभिनेत्री तथा निर्देशक झरना थापाले बताइन् ।

यसअघि गत साउन २९ गते फिल्म निर्माण टिम ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गरेर बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको थियो ।

जहाँ उनीहरूले फिल्मको केही सिन छायांकन गरेका थिए । त्यसबेला बडीमालिकाबाट नै नियमित छायांकन गर्ने तयारी थियो ।

तर बाजुराका केही स्थानमा सुट गरे पनि आज पशुपतिबाट फिल्म नियमित छायांकन थालिएको निर्देशक थापाले स्पष्ट पारिन् । झरनाकै निर्देशनमा बन्ने फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा देखिने छन् ।

अभिनेता अनमोल र अभिनेत्री सुहानाको यो तेस्रो सहकार्य हो । यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ एकसाथ अभिनय गरेका थिए । उनीहरूको जोडीलाई दर्शकले निकै रुचाएका थिए।

अनमोल र सुहानासहित फिल्ममा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको पनि अभिनय रहनेछ ।


प्रतिकृया दिनुहोस्