हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २ गते
Advertisement
२ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
विजय स्मारक माध्यमिक विद्यालयका कक्षा १ देखि १२ सम्मका विद्यार्थीले खाजाको रकम कटाएर जुटाए सहयोग
काठमाडौं, भदौ ३१- काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजाको रकम कटाएर भोटेकोशी बाढीपीडितका लागि रु. २४,८४०।- (अक्षरुपि चौबीस हजार आठ सय चालिस) सहयोग गरेका छन्। विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले खाजा खान ल्याउने रकमबाट केही हिस्सा बचत तथा सङ्कलन गरी बाढीपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप...
विश्वविद्यालय अनुदान आयोग, शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, बागमती प्रदेश सरकार स्विथानीय तहले सहयोगमा विशेष साथ दिनुपर्नेमा जोड
काठमाडौं, भदौ ३१- बाढीका कारण भवन तथा शैक्षिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि नुवाकोटको त्रिशूली बहुमुखी कलेज संकटमा परेको छ। भौतिक संरचनामा क्षति पुगे पनि विद्यार्थीको अध्ययन र उच्च शिक्षाको यात्रा भने रोक्न नहुने भन्दै सामुदायिक कलेजहरू सहयोग र सहकार्यमा जुट्न थालेका छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत विदुर–२, नुवाकोटमा सञ्चालित त्रिशूली बहुमुखी कलेजको...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको सम्पूर्ण जिम्मेवारी कागेश्वरी मनोहरा नगरपालिकाले लिने भएको छ। नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ र चितवनमा बाढीका कारण अभिभावक गुमाएका बालबालिकालाई छात्रावासको व्यवस्थादेखि उच्च शिक्षासम्मको जिम्मेवारी नगरपालिकाले लिने निर्णय गरेको...