Skip

Hamro Sanchar

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १५ गते


Advertisement

१५ भदौ, काठमाडौं । रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति स्थगित गरिएको छ।

मुलुकमा उत्पन्न प्रतिकूल परिस्थिति तथा देश पीडा र दुःखमा रहेका बेला मनोरञ्जनात्मक चलचित्र प्रदर्शन गर्न उपयुक्त नदेखिएपछि निर्माण पक्षले भदौ २६ गतेका लागि तय गरिएको प्रदर्शन मिति स्थगित गरेको हो।

चलचित्र निर्माण संस्था दिया एण्ड अमु फिल्मस्का तर्फबाट दिल श्रेष्ठले एक जानकारी जारी गर्दै देशको वर्तमान अवस्थालाई ध्यानमा राखेर प्रदर्शन मिति सार्ने निर्णय गरिएको बताएका छन्।

निर्माण पक्षका अनुसार अब चलचित्र तिहारको अवसरमा कार्तिक २० गते शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउनेछ।

 


प्रतिकृया दिनुहोस्