७ भदौ, काठमाडौं । नेपाल भलिबल लिग ९एनभीएल०को आधिकारिक ट्रफी अनावरण गरिएको छ ।
ट्रफीलाई विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलमा सार्वजनिक गर्दै अनावरण गरिएको छ ।
‘उचाइँको नयाँ उडान’ नारासहित आयोजना हुने ट्रफी यात्राको पहिलो गन्तव्य पाटन दरबार स्क्वायरमा अनावरण गरिएको हो।त्यसपछि ट्रफी भक्तपुर दरबार स्क्वायर पुर्याइनेछ ।
ट्रफी यात्राको तेस्रो तथा अन्तिम गन्तव्य बसन्तपुर दरबार स्क्वायर रहनेछ ।































