Skip

Hamro Sanchar

भारतीय गायक शान किन आए काठमाडौँ ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ६ गते


Advertisement

काठमाडौँ । चर्चित भारतीय गायक शान सांगीतिक कार्यक्रमको सिलसिलामा काठमाडौँ आइपुगेका छन्।

ठमेलस्थित क्लब नोभामा शनिबार राति हुने कार्यक्रमका लागि उनी नेपाल आएका हुन्।

उनी यसअघि करिब १५ वर्षअघि सन् २०११ मा नेपाल आएका थिए, जतिबेला उनको करिअर उचाइमा थियो।

सन् १९९९ को लोकप्रिय हिन्दी फिल्म ‘प्यार मे कभी कभी’ मा नेपाली शब्दसमेत समेटिएको गीत थियो, जसले नेपालमा पनि निकै चर्चा कमायो। ‘मुसुमुसु हाँसिदेऊ’ बोलको यो गीतमा शानको पनि स्वर छ।

‘मुसुमुसु हाँसिदेऊ मलाई लै’ भन्नेबाहेक गीतको बाँकी भाग भने हिन्दीमा छ। यही नेपाली शब्दावली र धुनका कारण यो गीत नेपालमा पनि लोकप्रिय बनेको थियो।

शुक्रबार विमानस्थल ओर्लिएपछि पत्रकारमाझ उनले यो गीत गाउँदा भएको गल्तीको किस्सा सुनाए। ‘म भोलि हिन्दी गीत पनि गाउँछु। नेपाली गीत पनि गाउँछु। मेरो पहिलो गीत (हिट भएको) नै नेपाली हो,’ उनले गीतमा भएको एउटा गल्ती सम्झँदै थपे, ‘मुसुमुसु हाँसिदेऊ न लै–लै हुनुपर्ने, त्यतिबेला मुसुमुसु हाँसिदेउ न मलाई भयो।’

उनले यसपटक आफू पशुपतिनाथ मन्दिर जाने, घुमफिर गर्ने र मःम खाने योजना रहेको सुनाए। क्लब नोभामा उनले करिब ४० वटा गीत गाउने छन्।


प्रतिकृया दिनुहोस्