Skip

Hamro Sanchar

सुनिताले किन फिर्ता लिइन् गोविन्दासँग सम्बन्ध विच्छेदको मुद्दा ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ४ गते


Advertisement

४ भदौ, काठमाडौं  ।  बलिउड नायक गोविन्दाकी श्रीमती सुनिता आहुजाले उनी विरुद्धको सम्बन्ध विच्छेदको मुद्दा फिर्ता लिएकी छिन्।

बुधबार सुनितालाई उनका छोरा यशवर्धनसँग मुम्बईको पारिवारिक अदालतमा देखिएको थियो।

भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै गोविन्दाका प्रबन्धक शशि रञ्जनले सुनिता आहुजाले गोविन्दाविरुद्ध दायर गरिएको सम्बन्ध विच्छेदको निवेदन फिर्ता लिएको बताए।

शशिका अनुसार अहिले सबै कुरा ठीक छ र दुई जना बिचको सम्बन्ध सामान्य हुने अपेक्षा गरिएको छ। उनले विगत दुई वर्ष राम्रो समय नभएको बताए।

अदालत बाहिरको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा पापाराजीले सुनिता र उनको छोरालाई अदालतमा के भयो भनेर सोधपुछ गरेका छन्।

जसको जवाफमा छोरा यशवर्धन आहुजाले भने, केही भएको छैन। जान देऊ। यशले आफ्नी आमालाई क्यामेराबाट जोगाउँदै कारसम्म पुर्‍याए।

गाडीमा चढ्नुअघि सुनिताले रिसाउँदै भनिन्, उहाँ आफ्नो जन्मदिन मनाउन जानुभएको थियोु अनि उनी गाडीमा चढेर गइन्।

सुनिता आहुजाले डिसेम्बर २०२४ मा बान्द्रा पारिवारिक अदालतमा गोविन्दविरुद्ध सम्बन्ध विच्छेदको निवेदन दायर गरेकी थिइन्।

 


प्रतिकृया दिनुहोस्