Skip

Hamro Sanchar

सुनको मुल्य आज एकैदिन ६ हजार ४ सय रुपैयाँ बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २६ गते


Advertisement

२६ साउन, काठमाडौं । आज सुनचाँदीको मूल्य उच्च दरले बढेको छ ।

यस दिन सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँ बढेको छ भने चाँदी प्रतितोला ११० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ६७० रुपैयाँ कायम भएको थियो ।


प्रतिकृया दिनुहोस्