Skip

Hamro Sanchar

सर्वाधिक कमाउने नेपाली तेस्रो फिल्म बनेको ‘गौंथली’ को कमाइ कति ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २६ गते


Advertisement

काठमाडौं । कपिल रिजाल निर्देशित फिल्म ‘गौंथली’ले घरेलु बक्सअफिसमा २० करोड रुपैयाँभन्दा बढी ग्रस कमाउँदै सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा तेस्रो स्थान हासिल गरेको छ।

फिल्मले सोमबार दिउँसो ४ बजेसम्म २० करोड १० लाख रुपैयाँ ग्रस कमाएको हो। उक्त अवधिसम्म फिल्मलाई ७ लाख २९ हजार दर्शकले हेरेका छन्।

‘गौंथली’ले सोमबार नै समीर भट्ट स्टारर फिल्म ‘१२ गाउँ’को बक्सअफिस कमाइलाई उछिनेको हो। ‘१२ गाउँ’ले घरेलु बक्सअफिसमा १९ करोड ९२ लाख रुपैयाँ ग्रस कमाएको थियो।

यससँगै ‘गौंथली’ सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा तेस्रो स्थानमा पुगेको छ। अब ‘गौंथली’भन्दा बढी कमाउने नेपाली फिल्ममा ‘कबड्डी ४’ र ‘पूर्णबहादुरको सारंगी’ मात्र रहेका छन्।

फिल्मले लगातार दर्शकको राम्रो साथ पाइरहेकाले यसको कमाइ अझै बढ्ने अपेक्षा गरिएको छ ।


प्रतिकृया दिनुहोस्