Skip

Hamro Sanchar

नागरिक अगुवा डा..देवेन्द्रराज पाण्डेको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १ गते


१ साउन, काठमाडौं । नागरिक अभियन्ता डा। देवेन्द्रराज पाण्डेको निधन भएको छ।

उनको शुक्रबार साँझ ७ बजेर ४० मिनेटमा काठमाडौंको विशालनगरस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

उनको बिहीबार ह्याम्स अस्पताल र पाटन अस्पतालमा उपचार गरिए पनि उपचार सम्भव नभएपछि घरमै ल्याइएको हो। उनी क्यान्सरको उपचारमा थिए।

उनको शनिबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। उनी ८७ वर्षका थिए।

त्रिचन्द्र कलेजबाट स्नातक र भारतको इलाहावाद विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका डा। पाण्डेले अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयबाट सार्वजनिक र अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका थिए।

२०१७ सालमा निजामती सेवामा प्रवेश गरेका पाण्डे ३९ वर्षकै उमेरमा अर्थ मन्त्रालयको सचिव बनेका थिए तर उनले २०३६ सालमा पदबाट स्वेच्छिक राजीनामा दिएका थिए। २०४६ सालको जनआन्दोलन सफल भएपछि गठित कृष्णप्रसाद भट्टराईको अन्तरिम सरकारमा उनी अर्थमन्त्री बनेका थिए।

उनका एक ज्यान दुई जुनी ९आत्मकथा०, नेपाल्स फेल्ड डेभलपेन्टस् रिफ्लेक्सन्स् अन द मिसन एन्ड द मालाडिज, नागरिक आन्दोलन र गणतान्त्रिक चेतना र लोकतन्त्रको प्राण(प्रतिष्ठालगायत कृति प्रकाशित छन्।


प्रतिकृया दिनुहोस्