२२ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले दीपावली तथा तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै थापाले तिहारले समाजमा व्याप्त निराशा, अविश्वास र विभाजन हटाउँदै आपसी एकता, सद्भाव र विश्वास बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
दियोको उज्यालोसँगै सबैको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा फैलियोस् भन्दै उनले सत्य, न्याय र सद्भावको बाटोमा अघि बढ्न पर्वले प्रेरणा दिने कामना गरेका छन्।
हरेक घरमा खुसी, हरेक मनमा आशा र देशको साझा भविष्यमा समृद्धिको उज्यालो फैलियोस् भन्ने कामनासहित उनले शुभ दीपावली तथा तिहारको शुभकामना दिएका छन्।

























