२२ कार्तिक, काठमाडौँ । सामाजिक सञ्जालमा लेखिएका विषयलाई लिएर परेको उजुरीपछि नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी र पत्रकार रोशन खड्काबीच सहमति भएको छ।
लक्ष्मीपूजाको दिन आज साइबर ब्युरो पुगेका शिवाकोटीले उजुरीकर्ता खड्कासँग छलफल गरी विवाद टुंग्याएका हुन्। अबदेखि दुवै पक्षले सामाजिक सञ्जालमा अप्रमाणित विषय नलेख्ने सहमति गरेका छन्।
सहमति कार्यान्वयन नभएमा साइबर ब्युरोले जुनसुकै बेला दुवै पक्षलाई बोलाउन सक्ने जनाइएको छ।
यसअघि भारतमा धार्मिक यात्रामा रहेका बेला पनि ब्युरोले शिवाकोटीलाई खोजेको थियो। त्यसबारे जानकारी पाएपछि उनले आफ्नो कार्यक्रम छोट्याएर बिहीबार नै काठमाडौं फर्किएका थिए।

























