२२ कार्तिक, काठमाडौं । सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्प नजिक कोशी लोकमार्गमा गएराति पौने १२ बजे विपरीत दिशाबाट आएका ट्रक र मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतक दुवैको पहिचान खुल्न सकेको छैन। दुर्घटनापछि फरार रहेका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

























