डोल्पा । डोल्पाको दुनै कारागारबाट फरार भएका थप दुई कैदीलाई प्रहरीले जंगलबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जाजरकोटका २५ वर्षीय यज्ञ विक र डोल्पाका २८ वर्षीय हरिबहादुर बुढा रहेका छन्।
उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ्ग गाउँनजिकैको जंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
१२ वर्ष कैद सजाय पाएका विकको १० वर्ष ८ महिना र बुढाको ९ वर्ष ५ महिना कैद भुक्तान गर्न बाँकी थियो।
यससँगै फरार कैदी तथा थुनुवामध्ये पक्राउ पर्नेको संख्या ६ पुगेको छ। बाँकी दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

























