Skip

Hamro Sanchar

काठमाडौंको घाउ सेलाउन नपाउँदै सर्लाहीमा युवकले लगाए आफ्नो शरिरमा आगो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २६ गते


२६ असार, काठमाडौं । सर्लाहीमा एक युवकले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

गोडैता नगरपालिका-१० का ३५ वर्षीय विवेक मण्डलले बिहीबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्। उनको शरीरको ९० प्रतिशत भाग जलेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

सर्लाही ४ बाट निर्वाचित सांसद अमरेस कुमार सिंहका अनुसार मण्डलको अवस्था चिन्ताजनक छ।

सांसद सिंहले घाइतेलाई लिन हेलिकोप्टर पठाइएको र निःशुल्क उपचार हुने व्यवस्था मिलाइएको जानकारी दिए ।


प्रतिकृया दिनुहोस्