Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १८ गते


१८ असार, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।

दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ।


प्रतिकृया दिनुहोस्