Skip

Hamro Sanchar

पहिरो हटाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १७ गते


१७ असार, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो हटाइएको छ । बुधबार बिहान तुइन खोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

अहिले सडकमा खसेको सुक्खा पहिरो हटाएर सवारी आवागमन सुचारु गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

ूमुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको सडक आवागमन, सञ्चालनमा आएको जानकारी गराउँछौँ । सवारीसाधनहरू आफ्नो लेन अनुशासन पालना गर्नुहुनहुन अनुरोध गरिन्छ,ू सडक डिभिजन भरतपुरले सूचना जारी गर्दै भनेको छ ।


प्रतिकृया दिनुहोस्