
१६ असार, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट आवश्यक कागजातविनै कबाडी सामग्री बोकेर उपत्यका बाहिर जान लागेको १० वटा ट्रक नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार आज साँझ विशेष सूचनाका आधारमा दंगा नियन्त्रण रेजिमेन्टको टोलीले रिङरोड क्षेत्रमा ती ट्रक नियन्त्रणमा लिएको हो।
ठूलो परिमाणमा कबाडी सामग्री आवश्यक कागजातबिनै उपत्यका बाहिर लैजान लागिएको भन्ने गोप्य सूचनापछि सशस्त्र प्रहरीले निगरानी बढाएर ट्रक नियन्त्रणमा लिएको उनले बताए।
नियन्त्रणमा परेका ट्रकहरुमा प्र२-०३-००१ ख ४७३८, लु२ ख ५१०५, प्र२-०३(००१ ख ५६१९, ना५ ख ६६७१, ना८ ख ६२५३, ना७ ख ९९८, ना६ ख ९४९७, ग२ ख ५३९ तथा ना६ ख ५६१ नम्बरका ट्रक रहेका छन्।
सशस्त्र प्रहरीले ती ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवनतर्फ लगिएको जनाएको छ






























